काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले गणतान्त्रिक व्यवस्थामा जनताले अपेक्षा गरे जति काम गर्न नसकिएको स्वीकार गरेका छन् । सरकारले रेशम चौधरी सहित १८ जनालाई कैद मिनाहा गरेपछि बोल्दै ज्वालाले जनताले अपेक्षा गरे बमोजिम काम पूरा गर्न नसकिएको बताए ।
‘हामीले गर्ने राम्रा कामहरू ओझेलमा हुन्छन् । नराम्रा कामहरू बढी प्रचार हुन्छन् । गणतन्त्रको भावना अनुसार जनताले जति अनुभूति गर्नुपर्ने हो । त्यो हुन हुन सकेन’ ज्वालाले भने, ‘गणतन्त्रमा जनताले बढी अपेक्षा गर्नु स्वाभाविक हो । आन्दोलन भयो, क्रान्ति भयो, बलिदान भयो । आफ्नो जीवन उत्सर्ग गरेर गणतन्त्रको मूल्य जति उचाइमा हुनुपर्ने हो त्यो हुन नसकेको स्वविभाक हो ।’
जनताले परिवर्तनको अनुभूति गर्ने गरी आधारभूत आवश्यक समेत पूरा गर्न नसकिएको ज्वालाले बताए । ‘राजनीतिक अस्थिरताले संविधान कार्यान्वयन गर्ने सवालमा, प्रतिगमन सच्याउने सवालमा, यो व्यवस्था बलियो बनाउन लाग्नुपर्ने भयो । गणतन्त्रमा जनजीविकाको सवाल समेत पेचिलो भयो’ उनले भने, ‘हामीले राजनीतिक परिवर्तनलाई सुनिश्चित गर्यों । आर्थिक परिवर्तनबाट जनतालाई राहत, सेवा सुविधा दिन लाग्नुपर्ने छ ।’ व्यवस्था परिवर्तन भई सकेकाले जनताको अवस्था परिवर्तन गर्न सबै लाग्नुपर्ने ज्वालाले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ जेठ २०८०, १२ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मन्त्री ज्वालाद्वारा चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन कार्यदल गठन
राजतन्त्र ढाल्ने शक्तिले प्रजातन्त्र पनि ल्याउन सक्छ : मन्त्री ज्वाला
मन्त्री ज्वाला प्राविधिकको टोलीसहित बाढी प्रभावित क्षेत्रमा
भौतिक पूर्वाधार मन्त्रालयले बाढी पहिरो प्रभावित क्षेत्रको छुट्टै स्थलगत अनुगमन गर्ने
भौतिक पूर्वाधारमन्त्री ज्वालाले गरे नागढुंगा सुरुङमार्गको निरीक्षण
सार्वजनिक खरिद ऐन संशोधन नगरेसम्म विकास निर्माणका काम अस्तव्यस्त हुन्छ : मन्त्री ज्वाला