काठमाडौ । नेपाल टेलिकमले विभिन्न शाखाहरुमा काम गर्न ‘भ्याकेन्सी खोलिएको’ भन्ने सूचना भ्रामक भएको बताएको छ।
कम्पनीका पदाधिकारीहरुको नाम समेत जोडी विभिन्न फेसबुक ग्रुप र म्यासेन्जर तथा ह्वाट्सएप लगायतका सामाजिक सञ्जालमार्फत गलत सूचना प्रवाह भएकोमा कम्पनीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
टेलिकमले बुधबार विज्ञप्ति निकालेर भनेको छ, ‘केही दिन यता ‘नेपाल टेलिकमका विभिन्न शाखाहरुमा काम गर्न ‘भ्याकेन्सी खोलिएको’ भनेर कम्पनीका पदाधिकारीहरुको नाम समेत जोडी विभिन्न फेसबुक ग्रुप र म्यासेन्जर तथा ह्वाट्सएप लगायतका सामाजिक सञ्जालमार्फत गलत सूचना प्रवाह भएको सम्बन्धमा कम्पनीको गम्भीर ध्यानाकर्षण भएको छ।’
कर्मचारी आवश्यकता सम्बन्धी सूचना कम्पनीले राष्ट्रिय दैनिक गोरखापत्र तथा कम्पनीको वेबसाइटमा मात्र आधिकारिक रुपमा सार्वजनिक गर्ने गरेकोले यस प्रकारका गलत सूचनाको भ्रममा नपरी आधिकारिक माध्यमबाट सम्प्रेषित सूचनालाई मात्र ग्रहण गरिदिन पनि कम्पनीले आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ जेठ २०८०, ०७ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल टेलिकमद्वारा फिफा विश्वकप २०२६ का लागि विशेष 'टिभी प्याकेज' र अफर सार्वजनिक
नयाँ वर्ष २०८३ का लागि नेपाल टेलिकमको विशेष अफर सार्वजनिक
नेपाल टेलिकमका ग्राहकलाई राहत: बक्यौता महसुलमा जरिवाना शतप्रतिशत छुट