ग्यास र विजुली प्रयोगको शिक्षा विद्यालयकै पाठ्यक्रममा राखौं : चन्द्र भण्डारी

सफल खबर संवाददाता

बुधबार, १० जेठ २०८०, १४ : ५०
ग्यास र विजुली प्रयोगको शिक्षा विद्यालयकै पाठ्यक्रममा राखौं : चन्द्र भण्डारी

काठमाडौँ । आगलागीको घटनामा परी घाइते भई लामो समय नेपाल र भारतमा उपचार गराएका कांग्रेस नेता चन्द्र भण्डारी बुधबार प्रतिनिधिसभा बैठकमा उपस्थित भएका छन् । उनलाई सभामुखले विशेष समय उपलब्ध गराएपछि बुधबार नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिएका छन् । 

सम्बोधनका लागि मर्यादापालकहरुको सहारामा रोस्टममा पुगेका भण्डारीले नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राखे ।  भण्डारीको नेपालमा उपचार सम्भव नभएपछि मुम्बइस्थित नेशनल बर्न सेन्टरमा उपचारत भएको थियो ।  गत फागुन ३ गते बुद्धनगरसस्थित निवासमा ग्याँस लिक भई आगलागी हुँदा भण्डारी गम्भीर घाइते भएका थिए। उनकी आमा हरिकला भण्डारीको गत फागुन ४ गते उपचारका क्रममा निधन भएको थियो। 

उनको स्वास्थ्यमा अझै पनि सुधारोन्मुख छ । उनले स्वास्थ्य प्रतिकुलताका बीच विशेष समय माग गरेर संसदमा बोलेका हुन् ।

प्रतिक्रिया दिनुहोस