जडीबुटी उत्पादनलाई विदेश निर्यातका लागि सहज बनाउनेछु : वनमन्त्री महतो

सफल खबर संवाददाता

बुधबार, १० जेठ २०८०, १३ : १४
जडीबुटी उत्पादनलाई विदेश निर्यातका लागि सहज बनाउनेछु : वनमन्त्री महतो

काठमाडौं । नवनियुक्त वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतोले जडिबुटीको उत्पादनमा जोड दिइ विदेश निर्यातका लागि सहज बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।बुधबार राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथग्रहण गरेसँगै सिंहदरबारमा पदभार ग्रहण गर्दै उनले यस्तो बताएका हुन्।

उनले भने ‘जडीबुटी जुन हाम्रो स्वदेशी उत्पादन छ, त्यसलाई निर्यात गर्न सहज भुमिका खेलिदिने र उत्पादनलाई प्रोत्साहन गर्ने पहिलो प्राथमिकता हुनेछ ।’ उनले कुहिए जाने काठहरुलाई अब व्यवस्थित गर्ने कुरामा विशेष ध्यान दिने पनि बताए। उनले नेपालमा कुहिएर जाने काठहरुको कानून अनुसार विदेश निर्यात गर्ने वा स्वदेशमा नै खपत गर्नसक्ने वातावरण सिर्जना गर्ने प्रतिवद्धता जनाए ।

‘दोस्रो २०औं वर्षदेखि जुन काठहरु कुहिएर त्यसलाई व्यवस्थित गरेर नेपाल सरकारको नियम कानून अनुसार त्यसलाई हामीले एक्सपोर्ट गर्नसक्यौँ भने वा स्वदेशमा नै खपत गर्नसक्यौँ भने सहजीकरण गरेर कुह्न नदिएर बचाउने हो।’  उनले भने ।

उनले वन मन्त्रालयमा रहेका हाइड्रोपावरका विषयमा अल्झिएका प्रक्रियाहरुलाई सहजीकरण गर्नेकुरामा आफ्नो ध्यान रहने बताए। ‘तेस्रो हाइड्रोपावरको जुन इस्युहरु आइरहेको छ, वर्षौंदेखिका फाइलहरु वन मन्त्रालयबाट फरवार्ड हुन सकिरहेको छैन । त्यसलाई हामीले सहजीकरण गरेर हाइड्रोपावरलाई प्रोत्साहन गर्नेछु।’  उनले भने ।

वन तथा वातावरण मन्त्रालय मन्त्री महतोले वातावरणमा असर गर्ने उद्योगहरुलाई निगरानी गरी कुनै असर नपर्ने गरी सञ्चालनमा ल्याउने प्रतिवद्धता जनाए । उनले आफू मन्त्रालयमा रहुन्जेलसम्म भ्रष्टाचार हुन नदिने र कुनै प्रलोभनमा परेर काम नगर्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस