काठमाडौ । संघीय संसद् अन्तर्गत प्रतिनिधि र राष्ट्रिय सभाको संयुक्त बैठक बुधबार (आज) अपराह्न बस्दैछ।
संघीय संसदको संयुक्त सञ्चालन नियमावली मस्यौदा प्रतिवेदनमा छलफल गर्न संयुक्त बैठक बस्न लागेको हो।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा सभामुख देवराज घिमिरेले संयुक्त बैठकबारे जानकारी गराएका थिए।
प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्दैछ। प्रतिनिधि सभा बैठकमा गत जेठ ५ गते राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले धारणा राखिरहेका छन्।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदहरूले नीति, कार्यक्रमलाई गतिहीन दस्तावेजको संज्ञा दिइरहेका छन्।
सत्ता पक्ष र अरू विपक्षी दलका सांसदहरूले कार्यान्वयनमा शंका गरेका छन्।
राष्ट्रिय सभाले मंगलबार नै बहुमतले नीति, कार्यक्रम पारित गरिसकेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० जेठ २०८०, ०७ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सामाजिक सञ्जालमा महिला सांसदबारे भइरहेको प्रचारप्रति संसदमा आपत्ति
सभामुखको आचरणबारे उठेको विषयमा संसदमा ध्यानाकर्षण
अर्थसहित पाँचवटा समितिको बैठक बस्दै
सभामुखबाटै प्रतिनिधिसभा नियमावलीको पालना नभएको विपक्षीको आरोप
सरकार र सभामुखको भूमिकामाथि नेकपाको प्रश्न
संसदमा श्रम संस्कृतिको निरन्तर विरोध, प्रधानमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्ने अडान