बर्ड फ्लूका घटनाहरू बढेपछि ब्राजिलमा पशु स्वास्थ्य आपत्काल

एजेन्सी

मंगलबार, ०९ जेठ २०८०, २१ : ४४
बर्ड फ्लूका घटनाहरू बढेपछि ब्राजिलमा पशु स्वास्थ्य आपत्काल

रियो दि जेनेरियो । ब्राजिलमा बर्ड फ्लुका केही केसहरू रिपोर्ट भएपछि छ महिनाको पशु स्वास्थ्य आपत्काल लगाइएको छ। देशको एस्पिरिटो सान्तो राज्यमा बर्डफ्लुका सातवटा केस दर्ता भएका छन् । रियो दि जेनेरियोमा एक केस दर्ता गरिएको छ।

सरकारले ज्छल्ज्ञ भाइरस फैलिन नदिन स्वास्थ्य संकटकाल लगाएको छ । यो निकै सरुवा रोग हो, त्यसैले यसलाई फैलिन नदिन सरकारले यो निर्णय गरेको हो । ब्राजिल विश्वको सबैभन्दा ठूलो कुखुराको मासु निर्यात गर्ने देश हो। यसले हरेक वर्ष १० अर्ब डलरको कुखुराको मासु निर्यात गर्छ ।

बर्डफ्लुका बिरामी बढ्दै गएपछि देशभर ६ महिने पशु स्वास्थ्य आपत्काल लागू गरिएको छ । अक्टोबर २०२१ देखि विश्वभर बर्ड फ्लुका गम्भीर घटनाहरू रिपोर्ट गरिएका छन्। जसका कारण ठूलो सङ्ख्यामा चरा मरेका छन् । केही स्तनधारी जीवहरूमा पनि सङ्क्रमणका घटनाहरू देखिएका छन्।

कुनै देशका जनावरहरू वा आफ्नो सीमा बाहिरबाट आएका जनावरहरूमा सङ्क्रामक रोग तीव्र रूपमा फैलिएमा पशु स्वास्थ्य आपत्काल घोषणा गरिन्छ। यो रोग थप नफैलियोस् भनेर आपत्काल लगाइएको हो । यस अवधिमा, यसबाट बच्न सबै सावधानीहरू अपनाइएको छ।

प्रतिक्रिया दिनुहोस