जनमत पार्टीको केन्द्रीय समिति बैठक जेठ १२ मा बस्ने

सफल खबर संवाददाता

मंगलबार, ०९ जेठ २०८०, २१ : १८
जनमत पार्टीको केन्द्रीय समिति बैठक जेठ १२ मा बस्ने

काठमाडौं ।  सीके रावत नेतृत्वको जनमत पार्टीले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । सरकार, गठबन्धन, संगठन निर्माणलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक आह्वान गरेको हो । 

पार्टी संगठन विस्तार तथा सुदृढीकरण, देशको पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमको विषयमा छलफल गर्नका लागि यही जेठ १२ गते बैठक आह्वान गरिएको पार्टीकी सचिव अनिता साहले बताइन् ।

 

facebook sharing button

twitter sharing button

sharethis sharing button

email sharing button

messenger sharing button