राष्ट्रियसभाबाट नीति तथा कार्यक्रम पारित

सफल खबर संवाददाता

मंगलबार, ०९ जेठ २०८०, १६ : १६
राष्ट्रियसभाबाट नीति तथा कार्यक्रम पारित

काठमाडौँ । सरकारले सङ्घीय संसद्मा पेस गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट पारित भएको छ । राष्ट्रियसभाको आजको बैठकले उक्त नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।बैठकले सांसद तुलसाकुमारी दाहाल, बिमला घिमिरे र डा बिमला राई पौड्यालले राखेकाे संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो । 

त्यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति कार्यक्रममाथि सांसदले राखेको जिज्ञासाको जवाफ दिएका थिए ।राष्ट्रियसभाको अर्को बैठक यही जेठ १४ गते दिउँसो १३ः१ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस