मिसौरी । संयुक्त राज्य अमेरिकामा आइतबार बिहान (स्थानीय समय) कान्सास शहरको बारमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । घाइते मध्ये एकजना गम्भीर छन् । पीडित मध्ये दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।
एकजना बारभित्र र अर्का भवनबाहिर मृत अवस्थामा फेला परेका थिए । त्यसैगरी अर्का घाइतेको अस्पतालमा मृत्यु भएको थियो । गोलीबारीमा घाइते भएका अन्य दुई जनालाई अस्पताल लगिएको प्रहरीले जनाएको छ । फक्स न्युजका अनुसार घाइतेमध्ये एकको अवस्था गम्भीर छ भने अर्काको अवस्था स्थिर रहेको छ ।
पीडितहरूको पहिचान हुन सकेको छैन । के कारणले गोली चलाएको हो भन्ने बारे अनुसन्धान जारी छ । सन् २०२३ मा अमेरिकामा मे ७ सम्म २०७ गोलीकाण्ड भएको सीएनएनले उल्लेख गरेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ०८ जेठ २०८०, २० : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिका–इरानबीच फेरि सैन्य आक्रमण
विश्वकपको रोमान्चक खेलमा अमेरिका पराजित : टर्कीको सान्त्वना जित
अस्ट्रेलियालाई हराउँदै अमेरिका नकआउट चरणमा प्रवेश
अमेरिका-इरान शान्ति सम्झौतापछि कच्चा तेलको मूल्यमा भारी गिरावट
इरानको क्षेप्यास्त्र आक्रमणपछि अमेरिकासँगको सम्बन्ध थप जटिल
अमेरिकाद्वारा तीन दिनमा दोस्रो पटक इरानमाथि आक्रमण