काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनचाँदी आयातको कोटा प्रणाली हटाउन सरकारसँग माग गरेको छ । महासंघका अध्यक्ष मानिकरत्न शाक्य नेतृत्वको टोलीले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर सुनचाँदी आयातको कोटा हटाउन माग गरेको हो । हाल सरकारले सुनको आयात कोटा दैनिक १० किलो तोकिदिएको छ ।
‘अहिलेकै कोटा अनुसार जाने हो भने नेपालको सुन बजार तस्करीमा आधारित बजारमा रुपान्तरण हुन्छ, सरकारले कोटामा पुनर्विचार गर्नुपर्छ’, महासंघ अध्यक्ष शाक्यले प्रधानमन्त्रीसँगको कुराकानी उदृत गर्दै भने । उनले सुन आयातलाई पूर्णतः बजारलाई छाडिदिनुपर्नेमा जोड दिए । वास्तविक व्यवसायीहरुलाई आवश्यक पर्ने सुन आयात गर्न दिनुपर्नेमा पनि जोड दिए ।
सुन आयात गरेर व्यापार गर्न नदिएर सरकारले नागरिकको व्यवसायीक स्वतन्त्रता हनन गरेको आरोप पनि उनले लगाए । सुन आयात गरेर गहना निर्यात गर्दा १५ देखि २० प्रतिशतसम्मको मूल्यअभिवृद्धि९भ्यालु एड० रहेको दावी पनि उनले गरे । त्यस बाहेक रोजगारी र राजश्वमा पनि योगदान गर्ने उनको भनाई छ । व्यवसायीले चालु आर्थिक वर्षको माघ महिनासम्ममा ६० करोड रुपैयाँ बराबरको गरगहना निर्यात गरेको उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ जेठ २०८०, ११ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य बढ्यो, तोलामा कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य तोलामा ५ हजार ३०० रुपैयाँ बढ्यो
सुनको मूल्य स्थिर, चाँदीको घट्यो
आज घट्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?
सुनको मूल्य घट्यो ,कति पुग्यो तोलाको ?
सुनको मूल्य तोलामा १ लाख ८० हजार नजिक, बन्यो नयाँ कीर्तिमान