काठमाडौ । आज (सोमबार) पनि देशका विभिन्न स्थानमा वर्षा तथा हावाहुरीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगका थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी क्षेत्रका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
‘अपराह्नपछि काठमाडौं उपत्यकामा पनि हल्का वर्षा हुने सम्भावना छ’, महाशाखाकी मौसमविद् बिनु महर्जनले भनिन्।
आज दिउँसो कोशी प्रदेश र मधेश प्रदेशका तराई क्षेत्रका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ।
मौसमविद् महर्जनका अनुसार यतिबेला (सोमबार बिहान) भने पहाडी भेगमा मौसम आंशिक बदली (२६ देखि ५० प्रतिशत आकाशमा बादल) छ भने देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा (२५ प्रतिशत आकाशमा बादल)
बुलेटिनअनुसार आज राति पनि कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भेगका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ जेठ २०८०, ०७ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : यी क्षेत्रमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी क्षेत्रमा भारी वर्षाको सम्भावना