काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसपटकको कार्यकालमा थोरै बोल्ने धेरै गर्ने संकल्प लिएको बताएका छन् । राष्ट्रिय बेपत्ता योद्धा स्मिति दिवसको अवसरमा काठमाडौंको नाँचघरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
कार्यक्रममा नेकपाका महासचिव विप्लवले आफूले भन्नुपर्ने धेरै कुरा बोलिसकेको बताउँदै आफूले यसपटक कम बोल्ने तर धेरै गर्ने संकल्प लिएको बताए । प्रधानमन्त्री प्रचण्डले भने –“म अहिले धेरै बोल्दिन म प्रधानमन्त्री जस्तो भएर बोल्नुपर्ने हुन्छ । मैले बोल्ने भाषा विप्लव जीले बाहिरबाट बोलि रहनुभएको छ । यो पटक म भन्न चाँहि थोरै भन्ने काम चाँहिं धेरै गर्ने संकल्प लिएको छु । मैले प्रधानमन्त्री भएको दिन देखि त्यो गरिरहेको छु ।”
आफु प्रधानमन्त्री भएपछि पहिलो पटक बेपत्ता योद्धाहरुको नाम लेखिएको शिलालेख उद्घाटन गरेर जनयुद्धका योद्धा र बेपत्ता योद्धाहरुको पक्षमा काम सुरु गरेको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो ।
पहिलो पटक प्रधानमन्त्री हुँदाको निर्णय खोजेर राजपत्रमा प्रकाशित गरेको बताउँदै प्रधानमन्त्री प्रचण्डले जनयुद्धमा मारिएका योद्धाहरूलाई हल्ला नगरिक राष्ट्रिय सहिद घोषणा गरेको बताए। साथै, विभिन्न विरोधका बाबजुत पनि आफुले पुनः हल्ला नगरिकनै जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउँने निर्णय गरेको बताए।
यसैगरी विप्लवले राखेको विषयबस्तुले आफुलाई खुसी लागेको प्रधानमन्त्री प्रचण्डले बताए । प्रधानमन्त्री प्रचण्डले भने –“ विप्लवले पछिल्लो समय मलाई अफ्ट्यारो पर्दा विशेष परिस्थितिमा वस्तुवादी र परिपक्क हुँदै आफ्नै पार्टीका नेताहरूले भन्दापनि रचनात्मक ढंगले सहयोग र सुझाब दिंदै आउनु भएको छ । यसको निम्ति उहाँ र उहाँको पार्टीका साथिहरूलाई धन्यवाद दिन चाहान्छु । ”
विप्लवले मन्तब्यको क्रममा “सरकारमा बसेर तपाई आगाडी बढ्नुस हामी सडकमा बसेर सहयोग गर्न तयार छौं ” भनेको कुरालाई सम्झदै प्रधानमन्त्री प्रचण्डले अब माओवादीका धाराहरु नयाँ आन्दोलनको सहयात्री हुने बताए ।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) महासचिव विप्लव, एमाले नेता प्रदीप ज्ञावाली, नेपाली कांग्रेसका नेता तथा सचेतक रमेश लेखक, नेपाल समाजवादीकी नेतृ हिसिला यमी, आम जनता पार्टीका उपाध्यक्ष तिलक थापा लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ जेठ २०८०, २० : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिशूलीमा बेपत्ताको खोजी तीव्र पार्न प्रधानमन्त्रीको निर्देशन
विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले खोजे कांग्रेस–एमालेको नैतिकता
प्रधानमन्त्री प्रचण्डलाई अविलम्ब राजीनामा दिन एमालेको माग
प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेता कोइरालाबिच भेट
प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिने, संसद सचिवालयलाई पत्र पठाइयो
विदेशस्थित नेपाली नियोगहरूको क्षमता अभिवृद्धि गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड