कर्णाली नदीमा डुबेर एकजनाको मृत्यु

सफल खबर संवाददाता

आइतबार, ०७ जेठ २०८०, १३ : ४५
कर्णाली नदीमा डुबेर एकजनाको मृत्यु

कैलाली । टिकापुर नगरपालिका-५ प्रेमनगर बस्ने १७ वर्षीय अमृत चौधरीको कर्णाली नदीमा डुबेर मृत्यु भएको छ ।

नदीमा डुबेर उनी बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी र प्रहरी चौकी सत्तीबाट खटिएको प्रहरीले आफन्तहरुको सहयोगमा खोजी गर्ने क्रममा सोही ठाउँ दौलतपुरस्थित नदीको किनारमा उनको शव फेला परेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस