चितवनमा गैँडाको आक्रमणबाट एकजनाको मृत्यु

सफल खबर संवाददाता

शनिबार, ०६ जेठ २०८०, १४ : ०६
चितवनमा गैँडाको आक्रमणबाट एकजनाको मृत्यु

चितवन । गैँडाको आक्रमणबाट पश्चिम चितवनमा एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१७ नारायण चोकका ६० वर्षीय झलकराज पौडेल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पौडेललाई आफ्नै घर पछाडि काम गरिरहेको अवस्थामा आज बिहान ११ बजे गैँडाले आक्रमण गरेको हो ।

प्रतिक्रिया दिनुहोस