काठमाडौँ । यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा १६ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले गत साताको शुक्रबारको तुलनामा यो शुक्रबारसम्ममा उक्त रकमले मूल्य घटेको जानकारी दिएको हो । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ८०० रुपैयाँ कायम थियो । यस्तै, तेजावी सुनको मूल्य तोलामा १ लाख १० हजार २५० रुपैयाँ कायम थियो । जुन, यो साताको शुक्रबारसम्म आइपुग्दा छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार ७०० रुपैयाँ कायम छ ।
यो साताको आइतबार स्थिर रहेको सुनको मूल्य सोमबार बढेर १ लाख ११ हजार पुगेको थियो । यस्तै, मंगलबार तोलामा १०० रुपैयाँले बढेको मूल्य बुधबार पुनः ओरालो लागेको थियो । यस्तै, विहीबार तोलामा ३०० र शुक्रबार तोलामा ५०० रुपैयाँ घटेको थियो । यस्तै, यो साता चाँदीको मूल्य तोलामा ५ रुपैयाँ मात्रै घटेको महासंघले जानकारी दिएको छ । गत साताको शुक्रबार तोलामा १३ सय ७५ रुपैयाँ रहेको चाँदीको मूल्य यो साताको शुक्रबारको १३ सय ७० रुपैयाँ कायम छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०६ जेठ २०८०, १२ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य आज बढ्यो, कतिमा हुदैछ कारोबार ?
आजदेखि सुन पसल खुल्ने
एकैदिन तोलामा ४२०० रुपैयाँले बढ्यो सुनकाे मूल्य, कतिमा हुदैछ कारोबार ?
सुन र गहनामा लगाइएको करले व्यवसायी र उपभोक्ता मारमा
सुनको मूल्य बढयो, कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो