काठमाडौं । सरकारको नीति तथा कार्यक्रम अनुमोदन गर्न मन्त्रिपरिषद् बैठक बस्दै छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दिउँसो १२ बजे बस्ने गरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् बैठक बोलाएका हुन।
सरकारले आगामी आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम आज संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्दैछ । । सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रस्तुत गर्नेछन।
पौडेल राष्ट्रपति बनेपछि पहिलो पटक दुबै सदनको बैठकलाई सम्बोधन गर्न लागेका हुन। पौडेल गत फागुन २५ मा राष्ट्रपतिमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ जेठ २०८०, ११ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
यस्ता छन् मन्त्रिपरिषद् बैठकका चार निर्णय
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
मन्त्रिपरिषद् बैठकबाट बजेट पारित
सहकारी बेथिति सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय