काठमाडौ । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका जनसंगठनहरूले भ्रष्टाचारविरूद्ध प्रदर्शन गर्दैछन्।
नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीहरूलाई हदैसम्मको कारबाही गर्न र सबैखाले भ्रष्टाचार अन्त्यका लागि सडक प्रदर्शन गर्न लागिएको अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले बताए।
‘यत्रो परिवर्तनका लागि संघर्ष भयो। बलिदानीपूर्ण आन्दोलन भयो तर माथिल्लो तहमा पुगेका नेताहरू भ्रष्टाचारमा लिप्त भए। प्रशासन संयन्त्रमा त्यही रोग देखापर्यो,’ पराजुलीले भने, ‘त्यसैकाविरूद्ध आन्दोलित भएका हौं।’
एकीकृत समाजवादी सम्बद्ध सबै जनसंगठनहरू दिउँसो ३ बजे माइतीघर मण्डलामा भेला भएर विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको पनि उनले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ जेठ २०८०, ०९ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा
माओवादी, एकीकृत समाजवादीसहित नौ वाम पार्टीवीच आज औपचारिक एकता घोषणा सभा हुँदै
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच आज एकता घोषणा
जनार्दन र घनश्यामले माओवादी र एकीकृत समाजवादी नै ब्यूताउँन सक्छन् ? यस्तो छ कानुनी ब्यवस्था
एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक सकियो, माओवादीसँग एकता गर्ने निर्णय
माओवादी केन्द्रसँग एकताको विपक्षमा खुले झलनाथसहित १४ जना नेता, अरु को-को छन् ?