गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनसेवालाई जतिसक्दो छिटो बनाउन गोरखाका कार्यालय प्रमुखहरुलाई निर्देशन दिएका छन् । जिल्ला भ्रमणका क्रममा गोरखा पुगेका पाण्डेले बुधबार कार्यालय प्रमुखहरुलाई भेटेर नागरिकले एउटै कामका लागि पटक पटक कार्यालय धाउनुपर्ने बाध्यताको अन्त्य हुनुपर्ने बताएका हुन् ।
‘एउटै कामका लागि सर्वसाधारण पटक–पटक आउनुपर्ने, कार्यालय धाउनुपर्ने बाध्यता हामीले हटाउनुपर्छ,’ उनले भने, ‘बरु सेवा छिटो र सहज बनाउन ‘टाईमकार्ड’ लागू गर्नुस् । समयमै काम भएन भने जनतामा आक्रोश बढ्छ । ब्यवस्थाप्रति नै बितृष्णा हुन सक्छ ।’
सरकारको सेवा प्रवाह झण्झटमुक्त हुनुपर्ने उनको भनाई छ । पाण्डेले सेवालाई प्रविधिमैत्री बनाउन कार्यालय प्रमुखहरुलाई निर्देशन दिएका छन् । गण्डकी प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा तत्काल कर्मचारी ब्यवस्थापन गरेर अन्य कार्यालयमा पनि थप्दै जाने मुख्यमन्त्री पाण्डेले प्रतिबद्धता जनाएका छन् । सेवा दिँदा जनतालाई राजनीतिक विभेद नगर्न पनि उनको निर्देशन छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ जेठ २०८०, १९ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री शाहले गरे गण्डकी प्रदेशका प्रतिनिधि सभा सदस्यहरूसँग छलफल
प्रलोपाका गण्डकी प्रदेश अध्यक्ष शर्मा नेकपामा समाहित
लक्षचण्डी विराट महायज्ञमा गण्डकी प्रदेश सरकारले सहयोग गर्ने
यी हुन् खारेज भएका र गाभिएका सरकारी निकाय (सूचीसहित)
गण्डकीका ७ निर्देशनालय खारेज, १८५ कर्मचारीको दरबन्दी कटौती
गण्डकीमा घट्दै बर्खे धान खेती