डिजी मार्टमा आइएमई पे मार्फत भुक्तानी गर्दा छुट पाइने​

सफल खबर संवाददाता

बुधबार, ०३ जेठ २०८०, १६ : ०८
डिजी मार्टमा आइएमई पे मार्फत भुक्तानी गर्दा छुट पाइने​

काठमाडाैं।आइएमई पे मार्फत डेली ग्रोसेरी (डिजी मार्ट) मा स्मार्ट क्युआर स्क्यान गर्दा छुट पाइने भएको छ ।​​आइएमई डिजिटल सोलुसन लिमिटेडको आइएमई पेु ले अब डिजी मार्टमा आइएमई पे मार्फत स्मार्ट क्युआर स्क्यान गरी भुक्त्तानी गर्ने ग्राहकलाई छुटको व्यवस्था गरेको हो ।अफर अन्तर्गत ग्राहकले प्रत्येक कारोवारमा रु १०० सम्म १० प्रतिशत छुट पाउने छन् । अफर अन्तराल भरी सो छुट ५ पटकसम्म प्राप्त गर्न सकिने छ । ग्राहकले डिजी मार्टको सबै शाखामा यो छुट प्राप्त गर्न सक्ने छन् । 

 

यो अफर जेष्ठ १ देखि असार ३१ गतेसम्म चल्ने आइएमईले जनाएको छ ।नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आइएमई पे मोबाइल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो । “आइएमई पे” आइएमई ग्रुपको डिजिटल वित्तीय सेवा प्रदायक अन्तर्गतको एक उत्पादन हो। नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्याेट  विनियमावली( २०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो। ​

आइएमई पे मोबाइल वालेटमार्फत सेवाग्राही आफैले अथवा एजेन्टमार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरू गर्न सक्नेछन् ।यसले व्यक्ति-व्यक्ति बीचमा हुने सामान्य रकम ट्रान्स्फर गर्ने सुविधादेखि विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्युआर स्क्यान गरेर भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरू भुक्तान गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको छ। यस मोबाइल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरूको पनि सुविधा उपलब्ध छ।

 

आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकको सुविधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योग्दान पुर्‍याउने लक्ष्य लिएको छ ।२० लाखभन्दा बढी ग्राहकलाई सिधा मोबाइल वालेट एप तथा एजेन्टहरू मार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ ।