मोचा आँधीमा परी म्यान्मामा ८१ जनाको मृत्यु

सफल खबर संवाददाता

बुधबार, ०३ जेठ २०८०, १३ : १०
मोचा आँधीमा परी म्यान्मामा ८१ जनाको मृत्यु

नेपिट। म्यान्मामा मोचा आँधीमा परेर ८१ जनाको मृत्यु भएको छ । अल्पसङ्ख्यक रोहिङ्गिया मुसलमानको बसोबासस्थल राखिन राज्यको बुमा र समीपको खाउङ डोके कार गाउँमा कम्तीमा ४६ जनाले ज्यान गुमाएका सरकारी अधिकारीहरूले बताएका छन् । राखिनको राजधानी सित्तवेको उत्तरमा अवस्थित राथेदाउङ गाउँको मठ भत्किँदा १३ जनाले  ज्यान गुमाएका तथा सोही गाउँको छिमेकमा भवन भत्किँदा एक महिलाको मृत्यु भएको सरकारी टेलिभिजन एमआरटिभीले जनाएको छ ।

आँधीका कारण  एक सयभन्दा बढी हराइरहेकाले ज्यान गुमाउनेको सङ्ख्या अझै बढ्ने बुमा गाउँका प्रमुख कार्लोले बताएका छन् ।सिट्टे नजिक विस्थापित रोहिङ्गिया शरणार्थी शिविरमा नौ जनाको मत्यु भएको तथा ओन ताव छे गाउँमा एक जना र ओव गीमा छ जनाले ज्यान गुमाएका स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै एमआरटिभीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस