सार्वजनिक खरिद ऐन संशोधन नगरेसम्म विकास निर्माणका काम अस्तव्यस्त हुन्छ : मन्त्री ज्वाला

सफल खबर संवाददाता

मंगलबार, ०२ जेठ २०८०, १५ : ५३
सार्वजनिक खरिद ऐन संशोधन नगरेसम्म विकास निर्माणका काम अस्तव्यस्त हुन्छ  : मन्त्री ज्वाला

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सार्वजनिक खरिद ऐनलाई संशोधन नगरेसम्म विकास निर्माणका कामहरु अस्तव्यस्त भइरहने बताएका छन् । मंगलबार प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले सार्वजनिक खरिद ऐनलाई संशोधन नगरेसम्म विकास निर्माणका कामहरु अस्तव्यस्त भइरहने बताए ।  

 

मन्त्री ज्वालाले सार्वजनिक खरिद ऐनलाई विकासमैत्री बनाउनका लागि संशोधन गर्नुपर्ने बताए ।  त्यस्तै उनले सडकको वर्गीकरण गर्न जरुरी रहेको उल्लेख गर्दै मन्त्रालयले सडक वर्गीकरणका लागि प्रतिवेदन पेस गर्न समिति बनाएको जानकारी दिए । प्रतिवेदन आइसकेपछि मन्त्रिपरिषद्मा लगेर कार्यान्वयन गरिने उनले बताए ।   मन्त्री ज्वालाले संसदीय समिति र सरकारका बीचमा टसल र प्रतिष्पर्धा हुने अवस्था आउनुनहुने भन्दै आपसमा मिलेर काम गर्नुपर्ने बताए । उनले समितिले आफ्नो मन्त्रालयमा दिने निर्देशनहरुलाई लागू गर्ने प्रतिबद्धता व्यक्त गरे ।  

प्रतिक्रिया दिनुहोस