काठमाडौं । सर्वोच्च अदालतमा टीकापुर घटनासम्बन्धी मुद्दा हेर्दाहेर्दैमा परेको छ । यसअघि पटकपटक साधारण तारिख र पेसी सरेर हेर्दाहेर्दैमा परेको रेशम चौधरीसहितविरुद्धको मुद्दामा न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासमा सुनुवाइ भएको थियो । आज पनि फैसला आएन ।
यो मुद्दामा वैशाख २५ गतेदेखि अन्तिम सुनुवाइ सुरू भएको थियो । उक्त दिन चौधरी पक्षका कानून व्यवसायीले बहस गरेका थिए । सोमबार सरकारी वकिल र प्रतिपक्षका वकिलले बहस गरेका थिए ।
यसअघि आजै फैसला आउने भनिएको थियो । २०७२ भदौ ७ गते थरुहटको आन्दोलन हिंसात्मक बनेपछि भीडको आक्रमणबाट नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मीलाई मारिएका थिए ।
उक्त घटनामा रेशम चौधरीसहित ११ जनालाई दोषी ठहर गर्दै २०७५ फागुन १२ गते कैलाली जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको थियो । त्यसको २ वर्ष पछि २०७७ साल पुस ३ गते उच्च अदालत दिपायलले चौधरीसहित ८ जनालाई जन्मकैदको फैसला सुनाएको थियो ।
फागुन १२ गते रेशम पक्षका कानून व्यवसायीहरूले सर्वोच्चमा पुनरावेदनका लागि दिएको निवेदन दिएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०१ जेठ २०८०, २० : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लिचीबारी घुस काण्डबारे श्रीमती रञ्जितासँग रेशम चौधरीले मागे जवाफ
रेशम चौधरीको प्रधानमन्त्रीसँग भेट
रास्वपाद्वारा रेशम चौधरी पक्राउप्रति न्यायिक छानिबन गर्न माग
रेशम चौधरी पक्राउबारे प्रधानमन्त्रीको जवाफ माग
प्रधानमन्त्री र गृहमन्त्रीलाई थाहै नदिई प्रहरीले मात्र समाउन सक्ला रेशम चौधरी ?
रेशम चौधरीलाई कारागार बुझाइयो