आरखोदी खोलामा बेपत्ता युवक मृत भेटिए

सफल खबर संवाददाता

सोमबार, ०१ जेठ २०८०, १९ : २८
आरखोदी खोलामा बेपत्ता युवक मृत भेटिए

पाल्पा। पाल्पाको तिनाउ गाउँपालिका–१, कचलस्थित आरखोदी खोलामा माछा मार्ने क्रममा बेपत्ता भएका युवक मृत फेला परेका छन् । शनिबार आरखोदी खोलामा माछा मार्दै दोभानमा पुगेका ३२ वर्षीय भुपाल सुनारी पानीले बगाउँदा बेपत्ता भएका थिए । उनी सोमबार मृत फेला परेका हुन् ।

उनीसँगै माछा मार्न गएका २२ वर्षीय रुद्र खत्री र २४ वर्षीय राजन पुनले सुनारी हराएको जानकारी प्रहरीमा दिएपछि खोजतलास गर्दै जाँदा खोलमा ढुंगाको खोंचमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए ।

सुनारीले लगाएको कपडा र चप्पल खोला किनारमा फेला परेको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय र दोभान प्रहरी चौकीले अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस