मेक्सिकोमा सवारी दुर्घटनामा २६ जनाको मृत्यु

एजेन्सी

सोमबार, ०१ जेठ २०८०, १३ : ०१
मेक्सिकोमा सवारी दुर्घटनामा २६ जनाको मृत्यु

एजेन्सी । मेक्सिकोमा सवारी दुर्घटना हुँदा २६ जनाको मृत्यु भएको छ । उत्तरी राज्य तमौलिपासस्थित ज्वलंत राजमार्गमा आइतबार एउटा यात्रुवाहक भ्यान र मालवाहक ट्रक ठोक्किँदा २६ जनाको मृत्यु भएको हो ।

ट्रक र भ्यान ठोक्किँदा आगो लागेर २६ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । मालबहाक ट्रेलरलाई तान्ने अगाडिको भाग भने दुर्घटनास्थलमा भेटिएको छैन ।चालकले ट्रेलरबाट छुटाएर भागेको हुन सक्ने प्रहरीको अनुमान छ । उक्त राज्यको राजधानी सियुदाद भिक्टोरिया नजिकको राजमार्गमा दुर्घटना भएको हो । भ्यानमा परिवारका सदस्यहरू घुमघामका लागि निस्किएका थिए ।

फेला परेका कागजातअनुसार उनीहरू मेक्सिको नजिकैको सहरका बासिन्दा रहेको खुलेको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको मेक्सिका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस