मेलम्चीको पानी वितरण आजदेखि दुई साता बन्द हुने

सफल खबर संवाददाता

सोमबार, ०१ जेठ २०८०, ११ : ४९
मेलम्चीको पानी वितरण आजदेखि दुई साता बन्द हुने

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाले दुई साताका लागि काठमाडौंमा पानी वितरण बन्द गर्ने भएको छ ।

बाढीले क्षतिग्रस्त तुल्याइको हेडवर्क्समा उपकरण आदि राख्नका लागि आज (जेठ १ गते) देखि दुई साताका लागि पानी पथान्तरण रोकिएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।

सुरुङको रेक्टिफिकेसन र २०७८ को बाढीले क्षतिग्रस्त हेडवर्क्सको मर्मतका लागि तत्कालका लागि पानी वितरण रोकिएको हो । उक्त मर्मतपछि सामान्य बाढीको समयमा समेत पानी पठाउने सकिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस