काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् एकीकृत समाजवादीका नेता झलनाथ खनालले त्रिशंकु संसदले जनता र राष्ट्रलाई कुनै समाधान दिन नसकेको बताएका छन् । उनले दलाल पुँजीवाद र त्यसलाई प्रतिनिधित्व गर्ने प्रतिक्रियावादी शक्तिविरुद्ध निशाना केन्द्रित गर्न पनि आह्वान गरेका छन् ।
अनेरास्ववियूको ५९औं स्थापना दिवस एवं युवा संघ नेपालको ३४ औं स्थापना दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै खनालले बढ्दो श्रमजीवि युवाहरु विदेश पलायन भइरहे पनि त्रिशंकु संसदले समाधान दिन नसकेको बताएका हुन् ।
देश समाजवादी क्रान्ति र रुपान्तरणको युगमा प्रवेश गरे पनि चौतर्फी संकटबाट गुज्रिरहेको उल्लेख गर्दै खनालले भनेका छन्, ‘भ्रष्टाचाररुपी अजिङ्गरले सिंगो समाजलाई सास फेर्न नसक्ने गरी बेरिरहेको छ । बढ्दो बेरोजगारी र शैक्षिक दिशाहीनताले देशका होनाहार श्रमजीवि युवाहरु खाडी मुलुक र मलेसिया तथा युवा बिधार्थीहरु अस्ट्रेलिया तिर लाग्न बाध्य भइरहेका छन् । त्रिशंकु संसदले जनता र राष्ट्रलाई कुनै समाधान दिन सकिरहेको छैन ।’
यस्तो अवस्थामा देशका समस्त वामपन्थी, प्रगतिशील, देशभक्त, लोकतान्त्रिक र समाजवादी युवाहरु एकजुट हुनु जरुरी रहेको खनालले बताएका छन् । तर अझैसम्म देशका कतिपय वामपन्थी शक्तिहरु मुलुकको प्रधान अन्तर्विरोध के हो र मुख्य निशाना के हो भन्ने कुरामा नै अन्योलग्रस्त र दिशाहीन देखिएको खनालको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०१ जेठ २०८०, ११ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रचण्डलाई भेट्न किन हात्तीवन पुगे झलनाथ खनाल ?
नेपाली कम्युनिस्ट पार्टीमा झलनाथ खनाललाई तेस्रो वरियता
पार्टी एकता सभामा सामेल भए झलनाथ खनाल
झलनाथ खनालले आज प्रचण्डलाई भेट्दै
एमालेमा फर्कन आपत्ति छैन: झलनाथ खनाल
झलनाथ खनालले केन्द्रीय समिति बैठकमै मागे माधव नेपालको राजीनामा