मदन राईलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

सफल खबर संवाददाता

आइतबार, ३१ बैशाख २०८०, १६ : २०
मदन राईलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

खोटाङ । कृषि विज्ञसमेत रहेका खोटाङका मदन राईविरुद्ध बाल यौन दुरुपयोगसम्बन्धी अभियोगमा अनुसन्धान गर्न प्रहरीले ७ दिनको म्याद पाएको छ । आइतबार खोटाङ जिल्ला अदालतले राईविरुद्ध अनुसन्धानका लागि प्रहरीलाई ७ दिनको समय प्रदान गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी मञ्जिल मुकारुङले जानकारी दिए ।

यौन दुर्व्यवहारको आरोपमा राई वैशाख २९ गते पक्राउ परेका थिए ।  राईलाई खोटाङको शुभद्रा मदन फाउन्डेसन परिसरबाट शुक्रबार पक्राउ गरिएको थियो ।  राईमाथि आफैले सञ्चालन गरेको फाउन्डेसनमा रहेका बालिकाहरूमाथि यौन दुर्व्यवहार गरेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस