काठमाडौं । नेपाल तरुण दलले माउ पार्टी नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवाविरुद्ध अनर्गल प्रचार नगर्न ध्यानाकर्षण गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी समेत रहेकी आरजुको नाम नक्कली भुटानी शरणार्थीमा मुछिएको छ । कांग्रेस केन्द्रीय सदस्य तथा सांसद समेत रहेकी राणालाई विदेश भागेको भनेर चरित्र हत्या गर्ने खालको अनर्गल प्रचारप्रपति तरुण दलको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
तरुण दलका अध्यक्ष विद्धान गुरुङले आइतबार एक विज्ञप्ति जारी गर्दै कुनै ठोस प्रमाण विना कसैप्रति लाञ्छना लगाउनु गम्भीर अपराध भएको बताए । ‘भुटानी शरणार्थी काण्ड प्रहरी अनुसन्धानमै रहेको हुँदा कुनै ठोस प्रमाण बिना कसैप्रति लान्छना लगाउनु गम्भीर अपराध हो ।यसप्रति सबै सरोकारवालाहरु सचेत रहन नेपाल तरुण दल केन्द्रिय समिति आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ । यस्तै अध्यक्ष गुरुङले अनुसन्धानमा तरुण दलको पूर्ण सहयोग रहने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३१ बैशाख २०८०, १४ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आफ्नो घरमा नोट जलेको भनी अफवाह फैलाइएको डा. आरजु राणाको दाबी
वैदेशिक रोजगार सम्बन्धी समस्या समाधानका लागि समिति गठन
परराष्ट्रमन्त्री आरजु राणा स्वदेश फिर्ता