काठमाडौं । सरकारले ट्रेजरी बिलमार्फत २७ अर्ब ७४ करोड रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । केन्द्रीय बैंकले सोमबार २७ अर्ब ७४ करोड रुपैयाँ बराबरको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको हो ।
२८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमको ट्रेजरी बोलकबोल गर्न लागेको बैंकले १८ अर्ब ७४ करोड रुपैयाँ पुरानो नवीकरण गरेर ६ अर्ब रुपैयाँ नयाँ ट्रेजरी जारी गर्न लागिएको बैंकले जनाएको छ ।
सोमबार बोलकबोल हुने ट्रेजरीको निष्काशन मंगलबार अर्थात् वैशाख जेठ १ गते हुनेछ । इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले आज दिउँसो ३ बजेसम्म अनलाइन आवेदन दिन सक्नेछन् ।
कूल निष्काशन बिल मध्ये ८५ प्रतिशत प्रतिस्पर्धात्मक प्रणालीबाट र १५ प्रतिशत विनाप्रतिस्पर्धाबाट बिक्री गरिने बैंकले जनाएको छ । यसअघि बैंकले वैशाख २५ गते २३ अर्ब ९ करोड १२ लाख रुपैयाँ बराबरको ट्रेजरी बिक्री गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३१ बैशाख २०८०, ११ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्र बैंकले आज २५ अर्बको ऋणपत्र जारी गर्ने
राष्ट्र बैंकको ४५ अर्बको ऋणपत्रमा आज बोलकबोल
३५ अर्बको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक
७० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्दै राष्ट्र बैंक
राष्ट्र बैंकद्वारा ४० अर्ब रुपैयाँ निक्षेप संकलन
अधिक तरलता व्यवस्थापनमा राष्ट्र बैंक सक्रिय, १० खर्बभन्दा बढी रकम केन्द्रीय बैंकमै