काठमाडौ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले तीन ठूला दलका शीर्ष नेता मिलेर नक्कली शरणार्थी प्रकरण सामसुम पार्ने प्रयास भइरहेको आरोप लगाएका छन्। शनिबार (आज) भक्तपुरको सूर्यविनाययक नगरपालिकामा रास्वपाका कार्यकर्ताहरूलाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्यसमेत रहेका सभापति लामिछानेले तीन ठूला दलका शीर्ष नेताले नक्कली शरणार्थी प्रकरणको अनुसन्धान बिथोल्न लागिपरेको आरोप लगाएका हुन्।
सभापति लामिछानेले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा आफूले ठूला तीन नेता मिलेर नक्कली शरणार्थी प्रकरण सामसुम पार्न खोजिए चौथो दल रास्वपा चुप लागेर नबस्ने चेतावनी दिएको बताए। ‘मैले हिजो प्रधानमन्त्रीलाई भेटेर योसहितका भ्रष्टाचारका प्रकरणमा दह्रोसँग खुट्टा टेकेर छानबिन अघि बढाउन भनेको छु’, उनले भने, ‘तीन नेताहरू यसलाई मिलाउन लागेको देखिँदै छ, तर यदि त्यसो गरिएमा हामी आन्दोलन गर्न तयार छौँ।’ सम्बोधनका क्रममा लामिछानेले ठूला भ्रष्टाचार काण्डका दोषीलाई कारबाही गर्न सकेमा आफूले प्रधानमन्त्रीलाई सार्वजनिक रूपमा धन्यवाद दिन तयार रहेको पनि बताए। तर उनले कांग्रेस, एमाले र माओवादी केन्द्रले चौथो दलका रूपमा रहेको रास्वपालाई ‘बाइपास’ गर्न खोजेको गुनासो पनि गरे।नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई करोडौँ रकम ठगी गरेको आरोपमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित अहिलेसम्म १२ जना पक्राउ परिसकेका छन्। पूर्वउप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई पनि पक्रिन प्रहरीले खोजी गरिरहेको छ। पक्राउ पुर्जी जारी भएपछि उनी यही वैशाख २० गतेदेखि फरार छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३० बैशाख २०८०, ११ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदन हेर्न नमिल्ने
रवि लामिछानेको मुद्दा पर्सा सरकारी वकिल कार्यालयमा बुझाइयो
रविको रिट संयुक्त इजलासमा पठाउन सर्वोच्चको आदेश
रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज पेसी
हेर्न नमिल्नेमा पर्यो रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको निवेदन
रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश फुयाँलको इजलासमा