पोखरा । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाएको छ । संसदीय दलको बिहीबार बसेको बैठकले म्याग्दी प्रदेशसभा क्षेत्र (२) बाट निर्वाचित रेशमबहादुर जुग्जालीलाई सरकारमा पठाउने निर्णय गरेको हो ।
३९ वर्षीय जुग्जाली नेकपा माओवादी केन्द्र म्याग्दीको जिल्ला संयोजक हुन् । उनी अघिल्लो सरकारका बेला उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका थिए ।सरकारले आजै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेको छ । यसअघि माओवादी केन्द्रको तर्फबाट शुशिला सिंखडा विनाविभागिय मन्त्री भइसकेका छन् ।
वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका सुरेन्द्रराज पाण्डेले वैशाख १५ गते कांग्रेसकी सरस्वती अर्यात तिवारी र माओवादीकी शुशिला सिंखडालाई मन्त्री नियुक्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २९ बैशाख २०८०, १२ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लक्षचण्डी विराट महायज्ञमा गण्डकी प्रदेश सरकारले सहयोग गर्ने
यी हुन् खारेज भएका र गाभिएका सरकारी निकाय (सूचीसहित)
गण्डकीका ७ निर्देशनालय खारेज, १८५ कर्मचारीको दरबन्दी कटौती
गण्डकीमा घट्दै बर्खे धान खेती
गण्डकीका माओवादी सांसदले रोष्ट्रमबाटै च्याते बजेट पुस्तिका
गण्डकी प्रदेश सभा : आजदेखि बजेटमा छलफल