ए डिभिजन लिगः आज तीन खेल हुँदै

सफल खबर संवाददाता

शुक्रबार, २९ बैशाख २०८०, ११ : १५
ए डिभिजन लिगः आज तीन खेल हुँदै

काठमाडौं । शहिद स्मारक लिग ए डिभिजन फुटबलमा आज तीन खेल हुदैँछन् । गत बिहिवार एक मात्र खेल भएको ए डिभिजन लिगमा आज तीन खेल हुन लागेको हो । जसअनुसार दुईवटा खेल दशरथ रंगशालामा हुनेछ भने एक खेल एन्फा कम्प्लेक्स, सातदोबाटोमा हुनेछ । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पहिलो खेल संकटा क्लब र नेपाल पुलिस क्लब बिच हुनेछ । जुन खेल ३ बजेवाट सुरु हुनेछ भने दोस्रो खेल ६ बजेवाट सोही रंगशालामा हुनेछ । जुन खेलमा न्युरोड टिम र खुमलटार बिच प्रतिस्पर्धा गर्नेछन् ।उता, एन्फा कम्प्लेक्समा हिमालयन शेर्पा र मनाङ मस्र्याङदीका बिचमा प्रतिस्पर्धा हुनेछ । जुन खेल दिउँसो ३ बजेवाट सुरु हुनेछ ।  

प्रतिक्रिया दिनुहोस