पाकिस्तान । पाकिस्तानकी पूर्व मानवअधिकार मन्त्री शिरिन मजारीलाई उनको घरबाट हिरासतमा लिइएको छ । पाकिस्तान तहरीक–ए–इन्साफले पार्टीकी वरिष्ठ नेता शिरिन मजारीलाई शुक्रवार बिहान इस्लामावाद पुलिसले हिरासतमा लिएको जनाएको छ ।मजारीकी छोरी र एक वकिल इमान हाजिर–मजारीले ट्विटरमा एउटा भिडियो साझा गरेका छन् जसमा पाकिस्तानी पूर्व मन्त्रीलाई पक्राउ गर्न सादा लुगा लगाएका केही पुरुष जबरजस्ती उनको घरमा प्रवेश गरिरहेको देखिएका छन् ।
ट्विटरमा अर्को एउटा भिडियो सार्वजनिक भएको छ जसमा इस्लामाबाद प्रहरीले शिरिन मजारीलाई एउटा कारमा राखेर उनको घरबाट कतै टाढा लैजाँदै गरेको देख्न सकिन्छ ।गाडीमा बसेर शिरिन मजारीले भनिन्, ‘आतङ्कवाद चल्दैन, कति जनालाई समात्छौँ र मार्छौ । यिनीहरूले के गरिरहेका छन्, हामीलाई थाहा छैन ।’भिडियो पोस्ट गर्नुभन्दा केही समयअघि मजारीकी छोरीले करिब ५० जना प्रहरी आफ्नो घरभित्र पस्ने प्रयास गरिरहेको बताएकी थिइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २९ बैशाख २०८०, १० : ५९
लेखकबाट थप