उदयपुर । प्रदेश सांसद सम्झना तामाङका ७ बर्षिया छोरालाई कुटपिट गर्ने एकजना अधिवक्ता दोषी ठहर भएका छन् ।बालकलाई कुटपिट गरेको आरोपमा पक्राउ परी धरौटीमा रिहा भएका अधिवक्ता इन्द्र तामाङलाई जिल्ला अदालत उदयपुरले दोषी ठहर गरेको हो ।अधिवक्ता तामाङले २०७७ असार २२ गते साे बालकलाई मरणासन्न हुनेगरी कुटपिट गरेको आरोपमा पक्राउ परी रिहा भएका थिए ।
तर, बुधवार जिल्ला अदालत उदयपुरले उनलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको हो ।न्यायाधीश कृष्णप्रसाद सुवेदीको एकल इजालसले अधिवक्ता तामाङको कसुर ठहर गर्दै सजाय निर्धारणका लागि जेठ १७ गते पुनः पेस गर्न आदेश दिएका छन् । सोही दिन उनको सजायँ तोकिनेछ । उनी माओवादीको तर्फवाट कोशी प्रदेशका लागि समानुपातिक सांसद हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २९ बैशाख २०८०, १० : ५२
लेखकबाट थप