अर्थतन्त्रमा देखिएका समस्या र चुनौति सबै मिलेर समाधान गर्नुपर्छ : चन्द्रप्रसाद ढकाल

सफल खबर संवाददाता

विहीबार, २८ बैशाख २०८०, १५ : ०४
अर्थतन्त्रमा देखिएका समस्या र चुनौति सबै मिलेर समाधान गर्नुपर्छ : चन्द्रप्रसाद  ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या र चुनौति सरकार, नियामक निकाय र निजी क्षेत्र मिलेर समाधान गर्नुपर्ने बताएका छन ।

बुधबार आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताए। उनले अर्थतन्त्रमा देखिका समस्या र चुनौति सरकार,नियमनकारी निकाय र निजी क्षेत्रको कारण आएको भन्दै सबै एक आपसमा मिलेर समाधान गर्नुको विकल्प नभएको बताए । उनले पछिल्लो समय मुलुकमा हुने हरेक घटना बिग्रँदो अर्थतन्त्रसँग जोडिन थालेको बताए ।

अध्यक्ष ढकालले आर्थिक संकुचन कोभिड(१९को असरको प्रभावको कारण, रसिया र युक्रेन युद्ध र नियामक निकायले लिएको कसिलो नीतिको कारण आएको दाबी गरे। उनले वर्तमान अर्थतन्त्रको समस्या र चुनौतिलाई सबै मिलेर असजिलो अवस्थाबाट बाहिर निस्कन आ(आफ्नो ठाउँबाट भुमिका खेल्न आग्रह गरे। उनले अर्थतन्त्रको विषय उद्योगी व्यवसायीहरु सबैले सकारात्मक रुपमा सोच्नुपर्ने अवस्था आएको बताए।

उनले व्यवसायी लगायत अन्य कसैले पनि अर्थतन्त्रका विषयमा नकारात्मक सन्देश दिन नहुने बताए। उनले पछिल्लो समय अर्थतन्त्रका आर्थिक सूचकहरु सकारात्मक रहेको बताए । उनले राष्ट्र बैंकको निक्षेपको ब्याजदर घटेको ३ महिनामा मात्रै ब्याजदर घट्ने नीतिलाई मंगलबारको निर्देशनले निक्षेपको ब्याजदर घटेपछि तत्काल कर्जाको ब्याजदर घटाउन पाउने व्यवस्थाले बैंकको ब्याजदर घट्ने बताए ।

त्यस्तै, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले पनि अर्थतन्त्रलाई सकारात्मक दिशामा ल्याउनको लागि सबै मिल्नुपर्ने बताए। उनले सरकार, नियामक निकाय र निजी क्षेत्र मिलेर अर्थतन्त्र सुधारको काम गर्नु आवश्यक रहेको बताए ।

उनले सरकारलाई चालु खर्च धान्न पनि मुकिल भइरहेको बताए । उनले उद्योगी व्यवसायीहरुका उद्योग व्यवसायहरु समेत दरिलो बनाउन आवश्यक रहेको बताए। उनले बीमा कम्पनीहरु मर्ज हुने तर मर्जपछि पनि नयाँ कम्पनीहरु आउने प्रचलन अन्त्य हुनुपर्ने बताए ।

उनले पछिल्लो समय कम्पनीहरुले आइपीओ खोल्ने होड चलेको बताए । उनले आइपीओ खोल्ने होडलाई व्यवस्थित गर्नको लागि आइपीओ निकाल्ने कम्पनीको ५१र४९ प्रतिशत गरिनुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस