काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले आगामी असार ९ गतदेखि विधान अधिवेशन गर्ने निर्णय गरेको छ ।
बुधवार बसेको जसपा कार्यकारिणी समितिको बैठकले असार ९ देखि विधान अधिवेशन काठमाडौँमा गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता मनिष सुमनले जानकारी दिए । यसअघि सो अधिवेशन जेठ १ गतेदेखि काठमाडौँमा तय भएकामा तयारी नपुगेको भन्दै असारलाई सारिएको हो ।
यस्तै बैठकले नागरिकता सम्बन्धी विधेयक अविलम्ब प्रमाणीकरण गरी कार्यान्वयनमा ल्याउन सरकारलाई आग्रह गरेको छ । प्रदेश १ को नामकरण विरूद्ध जारी आन्दोलनमा भइरहेको दमनको विरोध गर्दै जसपाले प्रदेशको पुनः नामकरण गर्न जसपाले माग गरेको छ । यस्तै आन्दोलनकारीसँग वार्ता गरी निकास खोज्न पनि जसपाले माग गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ बैशाख २०८०, १६ : ५५
लेखकबाट थप