काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार राम्रो काममात्र गर्ने गरी अगाडि बढिरहेको बताएका छन् । कम्युनिस्ट नेता निर्मल लामाको स्मृतिमा आयोजित कार्यक्रममा उनले भने, ‘मैले प्रधानमन्त्रीको हैसियतमा हाम्रो मन्त्रिमण्डलले सामाजिक न्याय, सुशासन र समृद्धिको यात्रालाई नयाँ ढंगले सुरु गर्ने भन्ने अठोटका साथ अगाडि छौं । यहाँहरुले देख्नुभएको छ । सरकारले सानादेखि ठूलासम्म राम्रा काम गर्ने, राम्राबाहेक नराम्रो गर्दै नगर्ने भनेर लागेका छौं ।’
प्रधानमन्त्री प्रचण्डले सरकारको काममा वुद्धिजीवि र नागरिक समाजको साथ हुने आशा पनि व्यक्त गरेका छन् । ‘मलाई विश्वास छ, सुशासनको निम्ति, सामाजिक न्यायका निम्ति र समृद्धिका निम्ति हामीलाई सम्पूर्ण इमान्दार क्रान्तिकारी, वुद्धिजीवि नागरिक समाज र आम जनताको पनि साथ हुनेछ भन्ने विश्वास व्यक्त गर्न चाहन्छु र अपिल पनि गर्न चाहन्छु’ उनले भने ।
राजनीतिमा जटिलता आइरहने भन्दै प्रधानमन्त्री प्रचण्डले अहिले पनि केही जटिलता रहेको बताए । ‘म बढी भन्न आवश्यक ठान्दिन । फेरि पनि सुशासनका लागि हामी गम्भीर भएर अठोटका साथ अगाडि बढेका छौं । सामाजिक न्याय र समृद्धिका लागि पनि अगाडि बढेका छौं’ उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ बैशाख २०८०, १४ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिशूलीमा बेपत्ताको खोजी तीव्र पार्न प्रधानमन्त्रीको निर्देशन
विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले खोजे कांग्रेस–एमालेको नैतिकता
प्रधानमन्त्री प्रचण्डलाई अविलम्ब राजीनामा दिन एमालेको माग
प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेता कोइरालाबिच भेट
प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिने, संसद सचिवालयलाई पत्र पठाइयो