काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद राजन दाहालले भुटानी शरणार्थी प्रकरणमा मुछिएका व्यक्तिहरू राष्ट्र विरुद्धका अपराधी भएको बताएका छन् । संसदमा बोल्दै दाहालले यस्ता भ्रष्टाचारीलाई कारबाही गर्न कुनै राजनीतिक संरक्षण हुन नहुने बताए । ‘नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लग्ने भनेर अर्बौ ठगी गर्ने गिरोहको गिरफ्तारी जारी छ । यो अपराध मात्रै नभएर राष्ट्र विरुद्धको जघन्य अपराध हो’ दाहालले भने, ‘यसलाई माफी दिन सकिँदैन ।
अपराध र भ्रष्टाचारीको पार्टी हुँदैन । भ्रष्टाचारीलाई राजनीतिक संरक्षण दिने कुनै प्रभाव र दबाबमा नराखेर स्वतन्त्र ढङ्गले अनुसन्धान प्रक्रियामा सहयोग गर्न आग्रह गर्दछु ।’दाहालले पञ्चायतदेखि अहिलेसम्मका राजकीय पदमा बसेका सबैको निजी सम्पत्तिको अभिलेखीकरण गर्ने र स्रोत नखुलेको सम्पत्तिको राष्ट्रियकरण गर्न कानुनी व्यवस्था गर्न माग समेत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ बैशाख २०८०, १३ : ५८
लेखकबाट थप