काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक सुरु भएको छ । बालकुमारीस्थित पार्टी कार्यालयमा शुरु भएको बैठकमा विधान अधिवेशन, मन्त्री चयन, मधेस सरकारलगायत अन्य समसामयिक विषयमा छलफल हुने बताइएको छ ।जसपाका अध्यक्ष उपेन्द्र यादवले उपचुनावमा लागेको कारण तोकिएको समयमा विधान अधिवेशन हुने नदेखिएको कारण त्यसको मिति सार्ने कि नसार्ने विषयमा छलफल हुने बताए ।
उनले भने, 'सम्भवत अधिवेशनको मिति सर्छ ।' विधान अधिवेशन जेठ १ गतेका लागि तय भएको थियो तर तयारी नपुगेको कारण अधिवेशन सर्ने बताइएको छ ।त्यस्तै प्रचण्ड नेतृत्वको सरकारमा एक जना मन्त्री पठाउन बाँकी छ त्यसको बारेमा पनि छलफल हुने बताइएको छ । मधेस प्रदेशको सरकारलाई पूर्णता दिने विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ । बैठक आजै सकिनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ बैशाख २०८०, १३ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अन्तर्राष्ट्रिय सम्बन्धसहित पाँचवटा समितिको बैठक बस्दै
अर्थसहित पाँचवटा समितिको बैठक बस्दै
दुईवटा समितिको बैठक बस्ने बस्दै
महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै
कानूनसहित पाँचवटा समितिको बैठक बस्दै
शिक्षासहित चारवटा समितिको बैठक बस्दै