काठमाडाैं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणको अनुसन्धानमा पार्टीले पूर्ण रूपमा सहयोग गर्नुपर्ने बताएका छन्।
यस प्रकरणमा मुछिएकाहरूलाई चोख्याउने काम गर्न नहुने उनले बताए।कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई प्रहरीले आज बिहान यो प्रकरणको अनुसन्धानका लागि पक्राउ गरेको थियो।
‘नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको छानबिन र अनुसन्धानलाई नेपाली कांग्रेसले पूर्ण रूपमा सहयोग गर्नुपर्छ,’ पौडेलले भने, ‘कोही कसैले वा कहीँ कतैबाट प्रभावित गर्ने काम हुनु हुँदैन । प्रकरणमा संलग्न जो-कोहीलाई ढाकछोप गर्ने वा चोख्याउने काम नहोस्।’
उनले को कुन पार्टीमा छ र कोसँग कसको के सम्बन्ध छ भन्ने कुनै पनि नातावाद र कृपावादमा नपरी छानबिन हुनुपर्ने बताए। ‘अत्यन्तै गम्भीर भएर छानबिन गरी दोषी सबैलाई कानुनी कठघरामा ल्याइयोस्। अनुसन्धान प्रकियामा निष्पक्ष भएर दृढता पूर्वक सरकार अगाडि बढोस्,’ उनले भने।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ बैशाख २०८०, १३ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘सदस्यता प्रणाली डिजिटल रूपान्तरणतर्फ, पुराना अभिलेख सुरक्षित रहन्छ’: प्रदीप पौडेल
कार्की आयोगको प्रतिवेदन किन गुपचुप ?
आगामी सरकारलाई काँग्रेसको साथ र समर्थन रहने प्रदीप पौडेलको प्रतिबद्धता
राजनीतिका विकृति सफा गरेर अघि बढ्ने विश्वास दिलाउँछौं : प्रदीप पौडेल
देश विकासको भिजन समेटिएको घोषणा पत्र तयार हुँदैछ : कांग्रेस महामन्त्री
आर्थिक नीतिमा निजी क्षेत्रप्रति नकारात्मक भाष्य परित्याग गर्नुपर्नेमा प्रदीप पौडेलको जोड