काठमाडाैं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणको अनुसन्धानमा पार्टीले पूर्ण रूपमा सहयोग गर्नुपर्ने बताएका छन्।
यस प्रकरणमा मुछिएकाहरूलाई चोख्याउने काम गर्न नहुने उनले बताए।कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई प्रहरीले आज बिहान यो प्रकरणको अनुसन्धानका लागि पक्राउ गरेको थियो।
‘नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको छानबिन र अनुसन्धानलाई नेपाली कांग्रेसले पूर्ण रूपमा सहयोग गर्नुपर्छ,’ पौडेलले भने, ‘कोही कसैले वा कहीँ कतैबाट प्रभावित गर्ने काम हुनु हुँदैन । प्रकरणमा संलग्न जो-कोहीलाई ढाकछोप गर्ने वा चोख्याउने काम नहोस्।’
उनले को कुन पार्टीमा छ र कोसँग कसको के सम्बन्ध छ भन्ने कुनै पनि नातावाद र कृपावादमा नपरी छानबिन हुनुपर्ने बताए। ‘अत्यन्तै गम्भीर भएर छानबिन गरी दोषी सबैलाई कानुनी कठघरामा ल्याइयोस्। अनुसन्धान प्रकियामा निष्पक्ष भएर दृढता पूर्वक सरकार अगाडि बढोस्,’ उनले भने।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ बैशाख २०८०, १३ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महाधिवेशनविना निर्वाचनमा गए काँग्रेसको सर्मनाक हार हुन्छ : प्रदीप पौडेल
प्रदेश सरकारमा तीन मन्त्री भए पुग्छ: प्रदीप पौडेल
डिजी युथ काँग्रेस गठन गर्न केन्द्रीय समिति बैठकमा प्रदीप पौडेलको प्रस्ताव
अब राष्ट्रिय सहमतिको सरकार र संविधान संशोधन : प्रदीप पौडेल
मानव अङ्ग प्रत्यारोपण सम्बन्धी कानूनलाई खुकुलो बनाउन सकिँदैनः मन्त्री पौडेल
स्वास्थ्यकर्मी उपत्यका बाहिर जानै नमान्ने मन्त्री पौडेलको गुनासो