काठमाडौं । राप्रपा नेपालले आगामी जेष्ठ ९ र १० गते जिल्ला अध्यक्ष सहित केन्द्रीय कार्य समितीको बैठक काठमाडौंमा बोलाएको छ ।
सचिवालयको बैठकले एजेन्डाहरु समेत तय गरेको छ । पार्टी अध्यक्ष कमल थापाले बैठकमा राजनितीक कार्यपत्र प्रस्तुत गर्नेछन् भने महामन्त्रीहरु भाष्कर भद्राले सचिवालय , सुशील श्रेष्ठले प्रशिक्षण, राजाराम बर्तौलाले संगठन सम्बन्धि र केशब श्रेष्ठले स्मार्ट पार्टी निर्माण सम्बन्धि प्रतिबेदन पेश गर्नेछन् ।
कोषाध्यक्ष ज्ञानेन्द्र कार्किले आर्थिक प्रतिबेदन पेश गर्नेछन् भने बैठकमा प्रदेश अध्यक्षहरुले प्रदेशको प्रतिबेदन प्रस्तुत गरिने कार्यतालिका तय गरिएको छ। जनबर्गिय संगठन प्रमुखहरुले ६ महिने कार्ययोजना समेत बैठकमा प्रस्तुत गर्नेछन् ।
सचिवालयको बैठकमा संघीयताको नाममा जबर्जस्ति लादिएको प्रदेश संरचना मुलुकले धान्न नसक्ने भएकोले पार्टीले पनि प्रदेश कमिटी खारेज गर्नुपर्ने बिषय उठेको थियो ।
केन्द्रीय समिती बैठकमा यो बिषय पनि महत्वको साथ उठ्ने जनाईएको छ । पार्टीका महामन्त्री राजाराम बर्तौलाका अनुसार केन्द्रीय समिति बैठकमा समग्र बिषयमा घनिभुत छलफल हुनेछ, पार्टीको नाम, चुनाब चिन्ह, सैद्धान्तिक बैचारिक पक्ष र भाबी रणनीतिका बिषयमा खुलेर छलफल हुनेछ ।
महामन्त्री बर्तौलाले भने :- "पार्टी प्रजातान्त्रिक ढंगले चल्ने हुँदा सबै बिषयमा छलफल हुन्छ, बिचारको मन्थन हुन्छ, बहस हुन्छ, निशेधको राजनीति हुदैन" ।
पार्टीलाई बैकल्पिक शक्तिको रुपमा अगाडी बढाउने सन्दर्भमा सबै बिषयलाई पार्टीले गम्भीरतापुर्बक ग्रहण गर्छ -उनले भने ।
कार्यपत्र र प्रतिबेदनहरु बैठक अघि बस्ने कार्यसम्पादन समितीमा प्रस्तुत गरि पारित गर्ने तयारी भैरहेको सचिवालय प्रमुख एबं महामन्त्री भाष्कर भद्राले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ बैशाख २०८०, ०९ : ४०
लेखकबाट थप