समिक्षा तिमी ‘गोल्डेन हार्ट’ भएकी केटी हौ, लुकेर होइन शीर ठाडो गरेर हिँड्ने हो

सफल खबर संवाददाता

मंगलबार, २६ बैशाख २०८०, १२ : ३४
समिक्षा तिमी ‘गोल्डेन हार्ट’ भएकी केटी हौ, लुकेर होइन शीर ठाडो गरेर हिँड्ने हो

काठमाडौं । अभिनेता आमेश भण्डारीले गायिका समिक्षा अधिकारीलाई ‘अब लुकेर हिँड्न पर्दैन शीर ठाडो गरेर हिँड्ने हो’ भन्दै हौसला दिएका छन् । अभिनेता भण्डारीले आफ्नो आधिकारिक फेसबुकमार्फत लामो स्टाटस र समीक्षासँगको तस्विर सार्वजनिक गर्दै तिमी ‘गोल्डेन हार्ट’ भएकी केटी हौं भन्दै प्रशंसा गरेका छन् ।

उनले आफ्नो स्टाटसमा भनेका छन्, ‘तिमीलाई बुझेको मान्छेलाई मात्र थाहा छ, तिमी ‘गोल्डेन हार्ट’ भएको केटी हौं भनेर । म साह्रै खुशी छु, तिमीले श्रोताहरूबाट आफ्नो हकको माया पाइरहेकी छौं । नआत्तिनु अझै धेरै सफलताले तिम्रो कदम चुम्न पर्खिराछ । कडा मेहेनत गर र हामीलाई पहिले गराए जस्तै गौरवशाली गराउ ’

आमेशले थप्दै लेखेका छन्, ‘मलाई थाहा छ, त्यो बेला नेपालमा हुँदा स्टुडियोमा भेट्दा कति डराएर लुकेर हिँड्नपर्थ्यो, मैले त्यो बेला पनि सहयोग गरेको थिए, सँधै गर्छु पनि । मलाई तिम्रो पीडा थाहा छ, अब लुकेर हिँड्न पर्दैन शीर ठाडो गरेर हिँड्ने हो । अझै पनि खुट्टा तान्ने हुन्छन्, अघि बढ्दै जाने हो । प्राउड अफ यू । छिट्टै भेटुला, चाँडै धेरै कामहरू गर्नुपर्छ ।’

हालै समीक्षाले एपी वान टेलिभिजनमा अन्तरवार्ता दिदैं सो कार्यक्रममा पनि उनलाई आमेशसँगको सम्बन्धलाई लिएर प्रश्न गरिएको थियो, जसको जवाफमा समिक्षाले आफूहरू साथी मात्र रहेको जवाफ दिएकी थिइन् ।

केही समय अगाडी आमेश र समिक्षा कार्यक्रमको लागि अष्ट्रेलियामा पुगेका थिए । आमेश हाल अष्ट्रेलियामा नै छन् भने समीक्षा भर्खरै अष्ट्रेलियाबाट फर्किएकी हुन् । त्यहाँ रहँदा एकअर्कासँग उनीहरूले बनाएको टिकटकहरू पोस्ट गरेका थिए ।

आमेश भण्डारीले लेखेको स्टाटसस:

प्रतिक्रिया दिनुहोस