उदयपुरमा बालिका बलात्कृत

सफल खबर संवाददाता

मंगलबार, २६ बैशाख २०८०, ११ : ५१
उदयपुरमा बालिका बलात्कृत

उदयपुर । उदयपुरमा १४ वर्षीया बालिका बलात्कृत भएकी छन् । जबरजस्ती करणी गरेको अभियोगमा बेलका नगरपालिका-१ बालुवाटार टोल बस्ने ५४ वर्षीय अतिमान विकलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

विकले ती बालिकालाई धाक धम्की देखाई वैशाख १८ गते बिहान जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस