सांसदको खबरदारी- नक्कली भुटानी शरणार्थी प्रकरणका दोषी नजोगाइयोस्

सफल खबर संवाददाता

मंगलबार, २६ बैशाख २०८०, ११ : ३९
सांसदको खबरदारी- नक्कली भुटानी शरणार्थी प्रकरणका दोषी नजोगाइयोस्

काठमाडौं । प्रतिनिधिसभा सदस्यहरुले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा भएको ठगी प्रकरणका दोषी जोगाउने काम हुन नहुने बताएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनीहरुले भुटानी शरणार्थी प्रकरणमा जोडिएका सबैमाथि छानबिन हुनुपर्ने र दोषीमाथि कारबाही गर्नुपर्नेमा जोड दिए । तर, कुनै पनि बाहनामा छानबिन र दोषीमाथि कारबाही गर्नबाट सरकार पछि हट्न नहुने भन्दै उनीहरुे खबरदारी गरेका छन् । 

सांसदहरु ठाकुर गैरे, तेजुलाल चौधरी, डा. तोसिमा कार्कीलगायतका सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका हुन् । देवेन्द्र पाैडेलले नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने घटनाले नेपाल पक्ष भएर गरिएका सम्झाैता र सन्धिविपरीत भएकाले दाेषीलाई कारबाही गर्नुपर्ने बताए । 

प्रतिक्रिया दिनुहोस