काठमाडौ । गुराँस लाइफ, यूनियन लाइफ र प्राइम लाइफ इन्सुरेन्स एक आपसमा मर्जर भएर आज वैशाख २६ गतेबाट एकीकृत कारोबार सुरु भएको छ ।उक्त कम्पनीहरु एकआपसमा मर्जर भएपछि अब हिमालयन लाइफ इन्सुरेन्सको नामबाट एकीकृत कारोबार सुरु भएको हो ।
यी कम्पनीहरुलाई नेपाल धितोपत्र बोर्डले वैशाख १९ गते र बिमा प्राधिकरणले वैशाख १३ गते एकीकृत कारोबार गर्न अन्तिम स्वीकृति दिएको थियो भने कम्पनी रजिष्ट्रार कार्यालयले वैशाख २० गते मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो ।यी तीन कम्पनी १ः१ः१ अनुपातमा मर्ज भएका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २६ बैशाख २०८०, १० : ५७
लेखकबाट थप