काठमाडौँ । काठमाडौँ महानगरपालिकाले टुकुचा खोला र खोलाको बहाव क्षेत्र भित्र व्यक्तिका नाममा रहेको जग्गाको लगत कट्टा गर्नका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई पत्र पठाएको छ । पत्राचारका लागि महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले आज निर्णय गरेका हुन् ।
निर्णयअनुसार प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले पत्र पठाएका छन् । पत्रमा भनिएको छ, ‘ हात्तीसार क्षेत्रमा टुकुचा खोला र खोलाको बहाव क्षेत्र भित्रको जग्गा त्रुटिवश व्यक्ति विशेषको नाममा दर्ता कायम रहन गएको देखिएको हुँदा यथाशीघ्र व्यक्ति विशेषको नाममा दर्ता रहेको उक्त लगत कट्टा गर्ने र सार्वजनिक प्रयोजनमा रहने गरी प्रबन्ध गर्ने सम्बन्धमा आवश्यक कारवाहीको लागि मालपोत ऐन, २०३४ को दफा २४ को प्रयोजनार्थ अनुरोध गरिन्छ ।’
मालपोत ऐन, २०३४ को दफा २ ले नदी, खोलानाला तथा सोको क्षेत्राधिकारको जग्गालाई सरकारीरसार्वजनिक जग्गा मानेको छ । सोही ऐनको दफा २४ ९२० ले सरकारीरसार्वजनिक जग्गा व्यक्ति विशेषको नाममा दर्ता हुन गएको रहेछ भने त्यस्तो दर्ता स्वतः बदर हुने र सम्बन्धित मालपोत कार्यालय वा नेपाल सरकारले तोकेको अधिकारीले सोको लगत कट्टा गर्नुपर्ने व्यवस्था गरेको छ । सो कानुनी व्यवस्थाको प्रतिकुल हुने गरी काठमाडौँ महानगरपालिका वडा नं। १ हात्तीसार क्षेत्रमा टुकुचा खोलाको जग्गा व्यक्ति विशेषको नाममा दर्ता कायम रहन गएको अवस्था पत्रमार्फत अवगत गराइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ बैशाख २०८०, १६ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँ महानगरले ‘दुई पाङ्ग्रे एम्बुलेन्स’ चलाउने
सञ्चालनमा नरहेका विद्यालयको अनुमति खारेज गर्ने महानगरको तयारी, १५ दिनभित्र सम्पर्क गर्न निर्देशन
भरतपुर महानगरको प्रशासनिक भवन ‘सिंहदरबार’ निर्माणको काम अन्तिम चरणमा, भवन ६ तल्ले, कोठा २ सय २१
काठमाडौँ महानगर १४ मा सडक कटानले केही घर जोखिममा
जेनजी आन्दोलनका शहीद परिवारलाई महानगरको आर्थिक सहयोग
काठमाडौं महानगरले चाडपर्व लक्षित बजार अनुगमन गर्दै