मौद्रिक नीतिबाट अगाडि जान्छौं भन्नु गलत छ : डा. स्वर्णिम वाग्ले

सफल खबर संवाददाता

सोमबार, २५ बैशाख २०८०, १५ : ३९
मौद्रिक नीतिबाट अगाडि जान्छौं भन्नु गलत छ : डा. स्वर्णिम वाग्ले

काठमाडौं । अर्थविद् तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले वित्त नीतिमा लचिलो बन्ने स्पेस छैन भन्दै मौद्रिक उपकरणबाट अगाडि जान्छौं भन्ने अर्थमन्त्रीको भनाइ गलत भएको बताएका छन् । सोमबार संसदमा आगामी आर्थिक वर्षको बजेको सिद्धान्त तथा प्राथमिकतामाथिको छलफलमा आफ्नो धारणा राख्दै खोज्ने सकने हो र सिर्जशील हुने हो भने लचिलो बन्ने पर्याप्त ठाउँ रहेको बताएका हुन् ।

उनले बजेटको सिद्धान्त तथा प्राथमिकतामा दीगो विकास र जलवायु परिवर्तका कुरा आउनु सकारातमक भएको बताए । तर त्यसबाट अर्थतन्त्रमा कसरी अगाडि लैजाने भन्ने रोडम्याप नदेखिएको बताए । ‘अर्थमन्त्रीले वित्त नीतिमा लचिलो र रचनात्मक हुने अवस्था छैन, मौद्रिक उपकरणबाट मात्रै अगाडि जान्छौं भनेको सुनियो । यो गतल हो,’ उनले भने, ‘वित्त नीतिमा खोज्न सक्ने हो र सिर्जनशील हुने हो भने पर्याप्त ठाउँ छ । यसको लागि जलवायु परिवर्तन र दीगो विकासको मुद्दाबाट पनि अगाडि बढ्न सक्नुहुन्छ ।’

उनले अब पहिलो जेनेरेसनको विकासको चुनौतीमा रुमलिनेभन्दा पनि दोस्रो जेनरेसनको विकास चुनौतीसँग अगाडि बढ्नु पर्ने बताए ।‘हिजोको धुले सडक, विद्यालय भवनर खोनेपानी होइन। अब कसरी गुणस्तरीय शिक्षा र पूर्वाधार दिने भन्ने प्राथमकीता हुनपर्छ । जुन कुरा नीति तथा कर्याक्रम र बजेटमा कन्भिन्स हुनेगरी प्रतिविम्बित हुनुपर्छ,’ उनले भने, ‘बजेटको सिद्धान्त तथा प्राथमिकतामा त्यो पाइएन । यसमा सुधार गर्नुहोला भन्ने आग्रह छ ।’

सरकारको बजेटको सिद्धान्त तथा प्राथमिकताबाट धेरै उत्साह हुने अवस्था नरहेको र नीति तथा कर्याक्रम र बजेटसम्म आउँदा उत्साह जगाउनेछ भन्ने विश्वास रहेको उनले बताए । ‘सर्जरी खोजेको अर्थतन्त्रमा झारफुक गरेर उम्कने अवस्था छैन’ उनले भने।

प्रतिक्रिया दिनुहोस