काठमाडौँ । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले नक्कली भुटानी शरणार्थीका नाममा नेपालीहरू बेच्न संलग्नहरूलाई दूधको दूध र पानीको पानी हुने गरी छानबिन गर्नुपर्ने बताएका छन् । सोमबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै केसीले यस्तो धारणा राखेका हुन् ।
‘नक्कली भुटानी शरणार्थीका नाममा नेपालीहरूलाई बेच्ने गरेको त्यो पनि राज्यसत्तामा महत्त्वपूर्ण ठाउँमा बस्ने गरेका मान्छेले भन्ने कुरालाई लिएर सदन तातेको छ’, केसीले भने, ‘यसभन्दा पहिले पनि नेपालका शासकहरू, राज्यसत्तामा बस्नेहरूले गर्नु नगर्नु गर्ने गर्दा यसै गरेर सदन तातिन्थ्यो ।’
उनले विगतको उदाहरण दिँदै यस्ता घटनामा सदन केही दिन ताते पनि पछि अर्को प्रकरण आउने र त्यसै सेलाउने गरेको भन्दै यो पटक त्यस्तो हुन नहुने बताए । ‘त्यसपछि नयाँ काण्ड आउँछन् र सदनको ध्यान अन्त जान्छ । त्यसकारण यो काण्डको दूधको दूध पानीको पानी हुने गरी कारबाही होस’, केसीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ बैशाख २०८०, १२ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विदेशमा रहेका नेपालीलाई सीआईएले कब्जा गरेर घण्टीमा भोट हाल्न लगाएको केसीको आरोप
चित्रबहादुरको प्रश्न- पैसा कमाएका कारणले वंशजको नागरिकता पाइन्छ ?
जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा कालीगण्डकी दोहन : चित्रबहादुर केसी