काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको निर्णय र पद्धति मन नपर्दा पनि धेरै समय मौन रहेको तर अब अति भएको बताएका छन् ।
आइतबार फेसबुकमा उनले धेरै पटक प्रतिरोध गर्न खोजेको तर पार्टीको जिम्मेवारीमा रहेको सम्झिएर मौन रहेको, पार्टीभित्रै मत र अडान राखेको तर अहिले अति भएको बताएका हुन् ।
उनले कुनै निश्चित घटना उल्लेख गरेका छैनन् । तर पार्टीका निर्णय मन नपरेको, आफूले राखेका कतिपय विषयले प्रवेश नै नपाएको बेला प्रतिरोध गर्न मन लाग्दा पनि रोकिएको बताएका छन् ।
‘ तर हरेक पटक सोचेँ, म जिम्मेवारी लिएर बसेको छु, एउटा सीमा छ। त्यसैले कहिले मौन रहेँ त कहिले भित्रै आफ्ना मत र अडान राखेँ, लडे, साथीहरूलाई सम्झाएँ तर अब त अति भयो !’ उनले फेसबुकमा लेखेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २४ बैशाख २०८०, १९ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्छ : गगन थापा
‘नागरिकको सर्वोच्चता काँग्रेसको पहिलो प्राथमिकता हो’: गगन थापा
बकर इद सम्पूर्ण जातजाति तथा धर्मावलम्बीहरूमा एकताको सन्देश दिन सफल : गगन थापा
पार्टी विधानविपरीत चल्नेलाई कारबाही हुन्छ: महामन्त्री गगन थापा
देशका मूल मुद्दामा केन्द्रित हुनुपर्नेमा गगन थापाको जोड
गगन थापाको अभिव्यक्तिप्रति पूर्णबहादुर खड्काकाे आपत्ति