सरकार जोखिमपूर्ण अवस्थामा छ : सांसद शमशेर जबरा

सफल खबर संवाददाता

आइतबार, २४ बैशाख २०८०, १५ : २४
सरकार जोखिमपूर्ण अवस्थामा छ : सांसद शमशेर जबरा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति शमशेर जबराले सरकार जोखिमपूर्ण अवस्थामा रहेको बताएका छन् । आइतबार पार्टी निकट महिला संघको कार्यक्रमलाई सम्बोधन गर्दै सांसद जबराले देश कुनैपनि बेला दुर्घटनामा जानसक्ने जिकिर गरे ।   

 

देश राम्रोसँग सञ्चालन भइरहेको छ भनेर ढुक्क हुने अवस्था नरहेको उनले बताए ।  राष्ट्रिय प्रजातन्त्र पार्टी राजेन्द्र लिङ्देनको अध्यक्षतामा रहेर जस्तोसुकै परिस्थितिको सामना गर्न सक्षम रहेको उनले उल्लेख गरे । सांसद जबराले नेपालमाथि आइपर्ने समस्याको सामना गर्न राप्रपा तयार रहेको बताए ।   

प्रतिक्रिया दिनुहोस